चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण

१ जेठ, काठमाडौं । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ ।

‘चु रोङ्ग रोभर’ नाम दिइएको अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको चाइना नेशनल एडमिनिस्ट्रेशनले जनाएको छ । यसलाई चीनको एक ठूलो सफलता मानिएको छ ।

पौराणिक अग्नि र युद्ध देवताको नामबाट चीनले रोबोटको नाम ‘चु रोङ्ग रोभर’ राखेको हो । रोभर एक सानो अन्तरिक्ष रोबोट हो । यसमा पांग्रा जडान गरिएको हुन्छ । चु रोङ्गमा ६ वटा पांग्रा जडान गरिएको छ ।

‘चु रोङ्ग रोभर’ मंगल ग्रहको उत्तरी गोलार्धको युटोपिया प्लेनेशियाको समतल भागमा अवतरण गरेको छ । युटोपियाबाट यस रोभरले मंगल ग्रहका तस्वीर पठाउने छ ।

चीनले यस रोभरमा एक प्रोटेक्टिभ क्याप्सुल, एक प्यारासुट र रकेट प्लेफर्म प्रयोग गरेको छ । चिनियाँ वैज्ञानिक तथा इन्जिनियरहरुले यो मिसनका लागि लामो समयदेखि काम गर्दै आएका थिए ।

पृथ्वीबाट मंगलग्रहसम्मको दुरी ३२ करोड किलोमिटर छ । यस हिसाबले चु रोङ्ग रोभरले मंगल ग्रहबाट पृथ्वीसम्म आफ्नो सन्देश पठाउन १८ मिनेटको समय लगाउने बीबीसीको समाचारमा उल्लेख छ ।



from समाचार – Online Khabar https://ift.tt/3waFPCO

Post a Comment

0 Comments