चोर बाटोबाट अध्यादेश ल्याइएको भन्दै नेविसंघको विरोध

२२ वैशाख, काठमाडौं । सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै नेविसंघले विरोध जनाएको छ । अध्यादेश तत्काल फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न नेविसंघले माग गरेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सात वटा अध्यादेश जारी गरेकी थिइन् ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर सर्वसत्तावादी चरित्र उदांगो बनाएको टिप्पणी गरे ।

अध्यादेश जारी गरेर आफ्नो पदीय गरिमाको धज्जी उडाएको भन्दै उनले राष्ट्रपतिको समेत आलोचना गरेका छन् ।

 



from समाचार – Online Khabar https://ift.tt/3ej8zUb

Post a Comment

0 Comments