३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीच टेलिफोन सम्वाद भएको छ । अध्यक्ष ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राखेका हुन् ।
‘उहाँ (केपी ओली) ले टेलिफोन गरेर छलफल गरौं भन्नुभयो । तर माधव कमरेडले दुई घण्टापछि कुरा गरौंला भन्नुभएको छ’, नेता सुवास नेम्वाङले भने । ओलीले कुराकानी गरेर अगाडि बढ्ने प्रस्ताव राखेको पनि नेम्वाङले बताए ।
आजै बालुवाटारमा बसेको बैठकले नेता नेपाल सहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । गएको १६ र २० वैशाखमा चार नेतालाई ६ महिनासम्म निलम्बन गरिएको पत्र ओलीले थमाएका थिए ।
तर स्थायी कमिटी बैठक राखेर कारबाही फुकुवाको निर्णय गरेको छ । बैठकले ओलीलाई नेता नेपालसँग सम्वाद गर्ने र सहमति गर्ने थप अधिकार पनि दिएको छ । ‘राजनीतिक परिस्थितिति हेरेर माधव कमरेडहरुसँग छलफल र वार्ता गर्नेदेखि अरु दलसँग छलफल गर्नेसम्मको अधिकार दिएको छ’, नेम्वाङले भने ।
२७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको संयुक्त सरकारका निम्ति दिएको समय आजै सकिदैछ ।
यो पनि पढ्नुहोस कारबाही गर्नु नै गल्ती थियो, सच्याउनु सकारात्मक : योगेश भट्टराईfrom समाचार – Online Khabar https://ift.tt/3vZO2Kc
0 Comments
if you have any doubts, please let us know.