गोरखाका कोरोना संक्रमितको चितवनमा मृत्यु

१९ वैशाख, चितवन । गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ ।  मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् ।

उनीको शनिबार राति १२:४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भइ यही वैशाख १७ गते सो अस्पतालमा भर्ना भएका उनीमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनीको मृत्यु भएको अस्पतालले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3uhKGSw

Post a Comment

0 Comments