३१ वैसाख, बुटवल । रुपन्देहीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत बुटवल-११ का ५० वर्षीय र सैनामैनाका ८५ वर्षिय पुरुषको मृत्यु भएको हो ।
वैशाख २७ गते अस्पताल भर्ना भएका बुटवलका पुरुषको बिहीबार राति १०ः३४ बजे र २८ गते भर्ना भएका सैनामैनाका पुरुषको राति ११ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३२९ पुगेको छ ।
from समाचार – Online Khabar https://ift.tt/3eL2Whs
0 Comments
if you have any doubts, please let us know.