१५ जेठ, पोखरा । तनहुँ व्यास नगरपालिकामा पहिरोमा परी एक महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा व्यास १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए ।
पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष दरैले बताए । ‘राति सुतेको बेला घरपछाडिबाट ठूलो पहिरो आएछ । पहिरोपछि उद्धार गरेर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो,’ उनले भने, ‘घरका अरु सदस्य भने सकुशलै छन् ।’
घरमा घर्तीसहित ५ जना रहेको उनले बताए ।
from समाचार – Online Khabar https://ift.tt/3p1WCpF
0 Comments
if you have any doubts, please let us know.