हेटौंडा अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

२० वैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको २४ घण्टा नबित्दै मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा-१ का ५५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको थियो भने सोमबार थप एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा जिल्लाको अम्लेखगञ्ज निवासी ४६ वर्षीय पुरुष रहेको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविन श्रेष्ठले बताए ।

कोरोना संक्रमित ४६ वर्षीय पुरुषलाई आइतबार बेलुका १२ बजे हेटौंडा अस्पताल उपचारको लागि ल्याइएको थियो । श्वास प्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारत सोमबार विहान ८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3thjBxg

Post a Comment

0 Comments