अधिकारविहीन खुला जेलबाट मुक्त भएँ, खुसी छु : अमिक शेरचन

२१ वैशाख, पोखरा । अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । अधिकारविहीन खुला जेलबाट मुक्त भएको उनले बताएका छन् ।

आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्त खुसी छ । मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ।’

उनले भने, ‘पहिला ओली जी र पुनः प्रचण्ड जीमार्फत् ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो । अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनु भएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।’

सरकारले माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो । सो पदमा एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ ।

आफू पदमुक्त भएको जानकारी मिडियामार्फत् पाएको बताउँदै उनले पदमा रहँदा कुनै असंवैधानिक काम नगरेको जिकीर गरे ।

प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेको जानकारी दिँदै शेरचनले यो अवधिमा सबैको सहयोग र सम्मान पाएको बताए ।



from समाचार – Online Khabar https://ift.tt/3ePURXF

Post a Comment

0 Comments