पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा प्रधान विजयी

https://ift.tt/eA8V8J

२२ चैत, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान विजयी भएका छन् ।

काठमाडौंमा आयोजित एशोसिएसनको ४२ औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान नेतृत्वको प्यानल नै निर्वाचित भएको हो ।

नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिएका थिए । प्रधान ३०२ मतसहित विजयी हुँदा श्रेष्ठले ४३ मत मात्रै पाए ।

गएराति सार्वजनिक भएको चुनावी नतिजाअनुसार वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार गुरुङ, प्रथम उपाध्यक्षमा ई.विनोद कुमार चौरसिया र द्वितीय उपाध्यक्षमा सुनिल कुमार बिड्ला निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका छन् ।

गएराति सार्वजनिक भएको चुनावी नतिजाअनुसार महासचिवमा विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका छन् ।



from समाचार – Online Khabar https://ift.tt/2PyFfiD

Post a Comment

0 Comments