सांसद श्रेष्ठको प्रश्न : संसदलाई बिजनेस नदिएर सरकारले के सन्देश दिन खोजेको ?

२३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारले बिजनेस नदिएर संसदलाई काम गर्न नसकेको देखाउन खोजेको आरोप लगाएकी छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको बताएकी हुन् ।

हाल प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ५५ विधेयक विचाराधीन रहेको र केही अध्यादेशहरु पनि रहेको भन्दै उनले यस्तो अवस्थामा पनि ती विधेयक संसदमा पेश नगरेको बताइन् ।

‘सरकारले विजनेस नदिएर संसदले काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजरिहेको छ’ उनले भनिन्, ‘के को लागि सन्देश दिन खोजेको ?’

सांसद श्रेष्ठले संसदको अनादर गर्ने हो भने अर्को जनादेशबाट संसद निर्वाचित भए पनि काम गर्न नसक्ने बताइन् । ‘अर्को जनादेशबाट आएको संसदमा पनि यही खालको गतिविधि गर्ने हो भने देश कसरी अगाडि बढ्छ ?’ उनले प्रश्न गरिन् ।



from समाचार – Online Khabar https://ift.tt/2R7jiI5

Post a Comment

0 Comments