२९ चैत, काठमाडौं । बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा लागेको आगो करिब छ घण्टापछि नियन्त्रणमा लिइएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा गएराति आगलागी भएको हो ।
गएराति दुई बजे लागेको आगो निभाउन बागलुङ, पर्वत र म्याग्दीका दमकल प्रयोग गरिएको थियो । फर्निचरमा रहेका काठपात तथा तयारी सामग्री जलेका छन् ।
आगलागीबाट भएको क्षतिको पूर्णविवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । यद्यपि करिब एक करोड बराबरको क्षति भएको अनुमान छ ।
आगलागीको कारण खुलेको छैन । आगोले थप क्षति पुर्याउन सक्ने खतरा भएपछि वरिपरिका घर परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।
आगलागीका कारण विद्युत, टेलिफोन लगायतका तारसमेत चुँडिएका छन् । बागलुङ नगरपालिका वडा नम्बर तीनका केही स्थानमा विद्युत सेवा अबरुद्ध भएको छ ।
यो पनि पढ्नुहोस ६०० स्थानीय तहमा दमकल छैन, डोजर चाहिं फालाफालfrom समाचार – Online Khabar https://ift.tt/3fXlMmI
0 Comments
if you have any doubts, please let us know.