१७ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा भेटिएको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार निकुञ्जको सुखिभार क्षेत्रको बूढीराप्ती फाँटमा बिहीबार एउटा भाले गैंडा मृत भेटिएको हो । सो गैंडा अन्दाजी ३० वर्षजतिको थियो ।
गैंडाको खाग र खुर सुरक्षित छ । निकुञ्जको सुखिभार क्षेत्रमा सबैभन्दा बढी गैंडाको बसोबास रहँदै आएको छ ।
निकुञ्जले मृत गैंडाको प्रारम्भिक परीक्षण गर्दा मृत्यु प्राकृतिक कारणले भएको देखिने सूचना अधिकारी अधिकारीले बताए ।
चालु आर्थिक वर्षमा हालसम्म ३१ गैडाको मृत्यु भएको छ । तीध्ये ४ चोरी सिकार र २७ प्राकृतिक कारण मरेका छन् । अघिल्लो आर्थिक वर्षमा २६ गैंडा प्राकृतिक कारणले मरेका थिए ।
हाल मात्रै गरिएको गैंडा गणनामा चितवन राष्ट्रिय निकुन्जमा ६९४ गैंडा थिए ।
from समाचार – Online Khabar https://ift.tt/3e4KOPg
0 Comments
if you have any doubts, please let us know.