२३ चैत, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० का १७ वर्षीय सगुन रुम्बा छन् ।
उनको उपचारका क्रममा सोमबार चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौंडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
गएराति हेटौंडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरु हेटौंडाका विज्ञान रुम्बा, विजय लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ । उपचारपछि रुम्बालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
from समाचार – Online Khabar https://ift.tt/31NMzK0
0 Comments
if you have any doubts, please let us know.