बर्दियामा नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई चिडियाखानामा राखियो

२४ चैत, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको नरभक्षी बाघलाई सदर चिडियाखानामा सारिएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार विहान चिडियाखानामा राखिएको हो ।

यो बाघले आइतबार नै बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न हात्तीसहित गएका गडकलाई बाघले आक्रमण गरेको थियो । गैंडा गणना गरेर फर्किने क्रममा हात्तीलाई नुहाइदिनुका साथै घास पनि जोहो गर्ने क्रममा बाघका आक्रमणमा परी गुडगाव बस्ने ३४ वर्षीय पुलिसराम थारूको मृत्यु भएको थियो ।

यो बाघले केही अगाडि पनि निउरो टिप्न गएकी एक महिलालाई मारेको आशंका छ । र, दोहोर्‍याएर मान्छे मार्न थालेपछि बाघलाई तत्काल व्यवस्थापन गर्नु परेको हो ।



from समाचार – Online Khabar https://ift.tt/3mlCFZi

Post a Comment

0 Comments