२९ चैत, विराटनगर । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि भारतको दिल्ली सरकारले कडा प्रतिबन्धात्मक नियमहरु लागू गरेको छ ।
दिल्ली प्रशासनले सबै प्रकारका सामाजिक, राजनीतिक, मनोरञ्जन र खेलसँग सम्बन्धित सार्वजनिक गतिविधिमा रोक लगाउने निर्णय गरेको छ ।
बिहेमा ५० भन्दा बढी र अन्तिम संस्कारमा २० जनाभन्दा बढीलाई सहभागी हुन रोक लगाइएको छ । सबै कलेज र कोचिङ सेन्टरहरु बन्द गरिएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय टुर्नामेन्टमा भाग लिने खेलाडीहरुबाहेक अन्य कसैलाई पनि सार्वजनिक स्वीमिङ पुल प्रयोग गर्न अनुमति नदिने निर्णय पनि दिल्ली सरकारले गरेको प्रेस ट्रष्ट अफ इन्डियाले जनाएको छ ।
रेष्टुरेन्ट, सार्बजनिक बस, मेट्रो रेल र सिनेमा हलहरुमा सिट क्षमताको ५० प्रतिशत मात्र राख्न पाइने नियम लागू गरिएको छ ।
महाराष्ट्रबाट हवाईजहाज चढेर दिल्ली आउनेहरुलाई पीसीआर परीक्षण रिपोर्ट अनिवार्यसमेत गरिएको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तत्काल लकडाउन नहुने बताएका छन् ।
भारतमा हालसम्म एक करोड ३३ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।
यो पनि पढ्नुहोस भारतमा कोरोनाको दोस्रो लहर : अन्तिम संस्कारका लागि घाटमा घण्टौं लाइनfrom समाचार – Online Khabar https://ift.tt/2PU7dFJ
0 Comments
if you have any doubts, please let us know.